• Charikot, Dolakha, Nepal

  • Telephone : +977-49 421240

  • Pan : 301892311

भूकम्प पछिको रामेछापका विद्यालयहरुको पूननिर्मणका विषयमा छलफल

Jun, 27 2018

भूकम्प पछिको विद्यालयहरुको पूननिर्माण विषयक छलफल कार्यक्रम ०७५ असार १२ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भयो । नागरिक समाज ः पारस्पारिक जवाफदेहीता परियोजना र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको अयोजनामा कार्यक्रम भएको हो । 

कार्यक्रममा युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक दोलखाको सहजिकरणमा सञ्चालनमा रहेको पारस्पारिक जावाफदेहीता परियोजनाका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले रामेछाप जिल्लाको भूकम्प पछिकोे विद्यालयको पूननिर्माणको अवस्थाको बारेमा जानकारी गराएका थिए । 

उनले परियोजना गरेको अध्यन प्रतिवेदन सार्वजनिक गर्दै रामेछापमा भूकम्पले ४१९ वटा विद्यालयमा क्षति पुर्याएको भए पनि हालसम्म ९४ वटा विद्यालयको पुननिर्माणको कुनै पनि काम नै सुरु नभएको पाइएको बताए । यसैगरी काम थालिकएका विद्यलाय मध्ये पनि भारतिय दुतावासले जिम्मालिएका विद्यालय लगायत अधिकाँस विद्यालयका नयाँ भवनको निर्माणको काम अघि नबढेको उनले बताए । विद्यालय व्यवस्थापन समितिले निर्माणको जिम्मा लिएका विद्यालयहरुको निर्माणको काम समेत पुरा नभएको प्रतिवेदनमा उल्लेख छ । अझै पनि कतिपय विद्यालयहरुको मर्मतको काम समेत पुरा नहुनु विद्यालय प्रति समुदायको उत्तरदायीत्वमा समेत प्रश्न उठेको प्रतिवेदनमा उल्लेख छ ।  यसले गर्दा पठनपाठनमा समस्या देखिएको उनले जनकारी दिए । 

कार्यक्रममा पोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले रामेछापको लिखु तामाकोसी गाउँपालिकामा विद्यालय भनव निर्माणको काम त्यति अघि बढ्न नसकेको भन्ने बारे आफुलाई पनि जानकारी अएको बताए । उनले विद्यालय भवन निर्माणको कामलाई अघि बढाउन  पनि पहल र अनुगमनको कामलाई अघि बढाउने जानकारी दिए । 

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेलले निर्माण भई रहेका विद्यालय भवनको गुणस्तरका विषयमा समेत सार्वजनिक रुपमा नै प्रश्न उठ्न लागेकोले त्यसको पनि अनुगमन हुने पर्ने बताए । मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक एवं रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँले नागरिकका तर्फबाट सेवाप्रदायक निकायलाई सहयोग र खबरदारी गर्न आपूmहरुले यस्ता कार्यक्रम गर्ने गरेको बताए । 

कार्यक्रमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालत, नागरिक समाजका अगुवा, पत्रकार, वकिल लगायतको सहभागिता रहेको थियो । 

नवराज पथिकको सहयोगमा 

 

६ महिनामा ८ बलात्कार र तीन बलात्कार प्रयासका घटना

Jul, 01 2018

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालले बार्षिक रुपमा प्रकाशन गर्दै आएको नेपाल मावन अधिकार वर्ष पुस्तकमा समावेस गर्नका लागि संकलन भएको तथ्यांक बारे अर्धबार्षिक समिक्षा कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा बिहिबार सम्पन्न भएको छ । 

कार्यक्रममा ईन्सेकका जिल्ला प्रतिनिधि उद्धव पोखरेलले ०७५ पुष १७ देखि दोलखामा बलात्कारका ८ वटा, बलात्कारका प्रयासका ३ वटा, वाल विवाहका १ वटा, मानव वेचविखनका १, महिला माथी कुटपिटको घटना २ र वहुविवाहका ८ वटा घटनालाई प्रस्तुत गर्नु भयो । 

मानव अधिकार निगरानी समुह दोलखाका अध्यक्ष होम पाठकले प्रविधिका कारण पनि समाजमा विकृती बढाएको हुँदा त्यस तर्फ समाजमा चेतना बृद्धिका अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउँनु भयो । प्रहरीमा मुद्धा आउने क्रम बढेको भन्दै पाठकले यो सकारात्मक पक्ष भएको उल्लेख गर्नु भयो ।  उजुरी बढे सँगै प्रहरी को क्षमता विकास र जनशक्ति व्यवस्थापनमा जोड दिनु भन्दै पाठकले प्राकृतिक कुरा नियन्त्रण गर्न गाह्रो हुने भएकोले त्यसलाई व्यवस्थापन र सभ्य बनाउँन जरुरी भएको बताउँनु भयो । 

कार्यक्रममा जिल्ला सरकारी वकिल बद्री नेपालले पिडितलाई झन पिडित बनाउने घटनालाई उजार गर्नन आग्रह गर्दै साना तिना मुद्धाहरु मिलाउने तर्फ राज्य उन्मुख भएको बताउँनु भयो । हाम्रा सबै कानुन अर्काको सिकोमा बनेको भन्दै वहाँदे हिसां पिडितलाई पाल्ने संस्था स्थापना हुनु पर्नेमा जोड दिनु भयो ।  

कार्यक्रममा नेपाल बार एशोसिएसन दोलखा अध्यक्ष सरोज उप्रेतीले सूचना प्रविधिको कारणले पनि समाज विकृती बढेको बताउँनु भयो । विद्यमान कानुन अनुसार १६ वर्ष भन्दा कम उमेरमा सहमतिमै हुने यौनजन्य क्रियाकलापलाई जर्वजस्ती मानिने तर नयाँ नयाँ प्रविधिले गर्दा १६ वर्ष भन्दा कम उमेरमै यौनजन्य क्रियाकलाप हुने पछि त्यसलाई बलात्कार र बलात्कार प्रयासका घटनामा रुपान्तरण हुने गरेको बताउँनु भयो । 

कार्यक्रममा नेकपा दोलखाका जिल्ला नेता हिरा थोकरले मानव अधिकार बर्ष पुस्तकमा औपचारिक र अनौपचारिक दुबै किसिमका तथ्यांकहरु समावेस हुनु पर्नेमा जोड दिनु भयो । सो अवसरमा वहाँले चेतना भन्दा बढी प्रविधिको प्रयोग बढेको हुँदा समाजमा अपराधका घटना बढेको बताउँनु भयो । वहाँले प्रविधि सँगै चेतना र समाज विकास लागि शिक्षामा जोड दिनु पर्ने बताउँनु भयो ।